काठमाडौँ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मुलुकको अर्थतन्त्रमा सन् २०२४ देखि वृद्धि हुने बताएका छन् । श्रीलङ्काको अर्थतन्त्र सन् २०२२ मा ११ प्रतिशतले ऋणात्मक भएको थियो भने यस वर्ष २०२२ मा अर्थतन्त्रमा सामान्य सुधार आई ३.५ देखि ४ प्रतिशतको हाराहारीमा ऋणात्मक हुने अनुमान छ ।
राष्ट्रपति विक्रमासिङ्घेले सरकारद्वारा सञ्चालित आर्थिक सुधारका परियोजनाहरु तथा ऋण पुनर्संरचना कार्यक्रममा अवरोध आए आर्थिक सङ्कटमा मुलुक फस्दै जाने जोखिम अझै रहेको बताए ।
श्रीलङ्काको अनुराधापुरामा आयोजित एक धार्मिक सभामा सम्बोधन गर्दै राष्ट्रपति विक्रमासिङ्घेले देशको आर्थिक सुधारमा सहयोग गर्न सबैसँग आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १५ माघ २०७९, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
श्रीलङ्काको नयाँ नेतृत्व मुद्राकोषको कर्जा सहयोग कार्यक्रम अघि बढाउन सहमत
श्रीलङ्कामा मतदानपछि सुरक्षा बढाइयो, देशभर कर्फ्यु
श्रीलङ्काको एक धार्मिक शोभायात्रामा हात्तीको आक्रमण, १३ जना घाइते
श्रीलङ्कामा खाद्यान्नको मूल्य वृद्धि
श्रीलङ्कामा हुरीका कारण ७ जनाको मृत्यु, ५०० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो