एजेन्सी । सिरियाको दक्षिणी प्रान्तमा अलेपोमा रहेको एक आवासीय भवन भत्कँदा त्यसमा रहेका कम्तीमा १६ जनाको ज्यान गएको बताइएको छ। यहाँको एउटा साततले भवन भत्कँदा ती मानिसको मृत्यु भएको बताइएको हो। त्यस दुर्घटनामा पाँच जना बालबालिका पनि परेका छन्।
प्रहरीका अनुसार उक्त भवनमा सात परिवार बसेका र ती परिवारका गरेर १६ जनाको ज्यान गएको हो। सो स्थानका बासिन्दाले उक्त भवनमा ३५ जनाको बसोबास रहेको बताएका छन्। भवनका भग्नावशेषबाट एक जनालाई मात्र जीवित उद्धार गरिएको छ।
प्रहरीले मृतकको सङ्ख्या अझै बढ्नसक्ने बताएको छ। यहाँको सरकारी समाचार समिति सानाले सो भवनको भग्नावशेषमा पुरिएको आशङ्कामा उद्धारको काम जारी रहेको जनाएको छ।
एक दशकभन्दा लामो समयदेखि जारी युद्धका कारण उत्तरी जिल्ला अफ्रिनबाट विस्थापित सिरियाली नागरिक उक्त भवनमा बस्ने गरेका सिरियाली गृह मन्त्रालयका अधिकारीले जनाएका छन्।
सिरियामा जारी द्वन्द्वमा परी करिब पाँच लाख नागरिकको ज्यान गइसकेको छ। अधिकांश विस्थापित सिरियाली यस्तै कमजोर प्रकृतिका भवनमा बसेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ माघ २०७९, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजधानी दमास्कस प्रवेश गर्दै सिरियाली विद्रोही सेना
बिद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला
इजरायलद्वारा सिरियामा हवाई हमला, १६ जनाको मृत्यु