काठमाडौँ। अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको एसियाली शहरमा भएको गोलीकाण्डमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । क्यालिफोर्निया राज्यको लस एन्जल्स नजिकै रहेको मोन्टेरी पार्कमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाएको हो । घटनामा अरु कम्तीमा १० जना घाइते भएका छन् ।
स्थानीय समुदायले चन्द्रमासमा आधारित नयाँ वर्ष मनाइरहेका बेला मोन्टेरी पार्कमा रहेको नृत्यशालामा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ ।
लस एन्जलस काउन्टीको शेरिफ डिपार्टमेन्टका कप्तान एन्ड्रयु मेयर्सका अनुसार घटनाबारे सुरक्षा अधिकारीहरुलाई स्थानीय समयअनुसार शनिबार राति १० बजेर २० मिनेट जाँदा आपतकालिन कल आएको थियो ।
उनले भने, “अधिकारीहरू त्यस स्थानमा प्रवेश गर्दा केही मृतक र घाइतेहरू घटनास्थलमा थिए ।”“मोन्टेरी पार्कको फायर डिपार्टमेन्टका अधिकारीले घटनास्थलमा पुगी घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएका थिए भने १० जनालाई घटनास्थलमा मृत भेटिएको थियो’’ मेयर्सले भने । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
लस एन्जल्स शहरबाट करिब १३ किलोमिटर पूर्वमा रहेको मोन्टेरी पार्कमा ठूलो सङ्ख्यामा एशियालीहरूको बसोबास छ ।मोन्टेरी पार्कमा करिब ६१ हजार मानिसहरू बस्छन् । जसमध्ये अधिकांश एसियाली वा एसियाली मुलका अमेरिकी रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०८ माघ २०७९, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुरीका कारण क्यालिफोर्नियामा नयाँ ठाउँमा डढेलो लाग्ने खतरा
भारी हिमपात र आँधी चले पछि क्यालिफोर्नियामा आपतकाल घोषणा