काठमाडौं । उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङदेनले जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय मर्यादा विपरित संसदमा आफैंले सहीदहरुको सम्मान भन्दै मौनधारण गर्न लगाएको दावी गरेका छन ।
मधेशका सहीदहरुप्रति सरकार र संसदले सम्मान नगरेको भन्दै गत माघ ५ गते बसेको प्रतिनिधिसभा बैठकमा जनमत पार्टीका अध्यक्ष राउतले मौन धारण गर्न लगाए । त्यो काम संसदीय मर्यादा र नियम विपरित भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालसहित आफूहरुले मौन धारण गर्ने काममा सहभागी नभएको पनि उपप्रधानमन्त्री लिङदेनले स्पष्ट पारे ।
उनले विशेष परिस्थितिमा सभामुखले गरेको रुलिङलाई मात्रै संसदमा मान्नुपर्ने परिपाटी रहेको पनि उल्लेख गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका लिङदेनले आफूहरुले सो क्रममा सहीदहरुलाई अनादर गरेको भनेर भ्रममा नपर्न पनि सबैलाई आह्वान गरे ।
उपप्रधानमन्त्री लिङदेनले सो घटनालाई लिएर प्रधानमन्त्रीले नै सहीदहरुप्रति अनादर गरेको भनेर गलत कुरा बाहिर लैजान नपाउने जिकिर समेत गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ माघ २०७९, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबिच छलफल
सरकारले एनसेललाई दुहुनो गाईको रुपमा प्रयोग गर्दैछ : राजेन्द्र लिङदेन
क्रान्तिकारीहरूले ‘पुजार सार्की’ हेरेर आफूलाई समीक्षा गर्नुस्: राजेन्द्र लिङदेन
राप्रपा अध्यक्ष लिङ्देनद्वारा ८९ औँ पटक रक्तदान