काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजतन्त्रात्मक निरंकुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्तीलाई प्रचण्ड सरकारले पुनस्र्थापित गर्नु जन–आन्दोलनको मर्म र भावना विपरित कार्य भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबकमा स्टाटस लेखी उनले उक्त कुरा बताएका हुन् । यो कार्यले सहिदहरुको अपमान गर्ने र यसले विविधतामा एकता हैन एकतामा विभेद, असमानता र विविधता उत्पन्न गर्ने उनको दावी रहेको छ ।
जसपाले सरकारको साझा न्यनूतम कार्यक्रममा पृथ्वी जयन्तीलाई समेट्ने विषयमा असहमति राखेपछि त्यसलाई पूर्णता दिने क्रममा हटाइएको थियो तर सरकारले उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेपछि जसपाले यसको विरोध गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ पुस २०७९, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले पार्टीको सार्वजनिक कार्यक्रममा अतिथि नराख्ने
स्थानीय तहमा दलविहीन चुनाव : उपेन्द्र यादव
जसपा नेपालले संविधान दिवसमा भाग नलिने, विरोध गर्ने
उपेन्द्र यादवको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुँदै
रक्षाबन्धन तथा जनैपूर्णिमाले सामाजिक सद्भाव अभिवृद्धि गराउँछ : अध्यक्ष यादव
राजदूत नियुक्ति समावेशी नभएकोमा उपेन्द्र यादवको आक्रोश