मनसुनमा पानीको शुद्धतामा ध्यान दिन मेयर दाहालको आग्रह

बुधबार, २० असार २०७५, १३ : १७
मनसुनमा पानीको शुद्धतामा ध्यान दिन मेयर दाहालको आग्रह

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मनसुनको समयमा पानीको शुद्धतामा ध्यान दिन आग्रह गर्नुभयो । 
खानेपानी सुरक्षा योजना सम्बन्धी एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रलाई सम्बोधन गर्दै मेयर दाहालले पानीको शुद्धता र गुणस्तरयीयतामा विषेश ध्यान दिन प्राविधिकहरुलाई सुझाव दिनुभयो ।
खानेपानीलाई संविधानलाई मैलिक अधिकारको रुपमा व्यवस्था गरेको उल्लेख गर्नुभयो । भरतपुर खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहनु भएका दाहालले खानेपानीको पहुँच बाहिरा रहेका महानगरका ग्रामिण क्षेत्रलाई प्रथामिकता राख्नुपर्नेमा जोड दिनुभयो ।
शुद्ध र गुणस्तरीय खानेपानी प्राप्त गर्ने राज्यको दायित्व भएको भन्दै उहाँले भन्नुभयो , “योजना तर्जुमा गर्दा दुर दराजका बस्तीलाई सम्बोधन गर्नुपर्छ । महानगरमा अहिले पनि खानेपानीको समस्याले धेरै वस्तीहरु स्थान्तरण भएका छन् ।”
खानेपानी सुरक्षा योजनालाई प्रभावकारी बनाउन मुहान देखि उपभोक्तासम्म पुग्दा शुद्ध र गुणस्तरमा सम्झौता गर्न नहुने बताउनुभयो । 
“प्रकृतिक प्रकोपका समय पानीको शुद्धमा विषेश ध्यान दिनुपर्ने हुन्छ । ठोस कार्यक्रम ,आवश्यक बजेट र व्यवस्थित योजना निर्माणका साथ अघि बढौँ ।” 

कार्यक्रममा भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले भरतपुरमा २४ हजार भन्दा बढी उपभोक्तलाई सेवा प्रदान गरेको जानकारी दिनुभयो । भरतपुरको वडा १ देखि १६ नम्बर वडासम्म पानीको आपूर्ती भईरहेको जानकरी दिनुभयो । त्यस्तै उहाँले भरतपुरको वडा नं. २२ पटिहानीमा जडान कार्य भईरहेको जानकारी दिनुभयो । 

भरतपुर खानेपानी व्यवस्थापन बोर्डका सदस्य विश्व ओझा शालिकराम पौडेल , निर प्रसाद लामिछाने , भरतपुर वडा नं. १० का अध्यक्ष अरुण पडिति भण्डारी लगाएतले मन्त्व व्यक्त गर्नु भएको थियो । कार्यक्रम खानेपानी सुरक्षा समितिका संयोजक भिम नारायण पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । 
 
    

प्रतिक्रिया दिनुहोस