काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जनमतलाई कदर गर्ने गरी सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने बताएका छन् । उनका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रम अन्तिम चरणमा पुगेको छ र छिट्टै सार्वजनिक हुन्छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले जस्तो जनमत आएको छ, त्यस्तो सरकार बनेको बताए । उनले भने, ‘न नयाँ दल हामीले एक्लै सरकार चलाउन सक्यौं, न सम्मानीय प्रधानमन्त्रीको दलले एक्लै सरकार चलाउन सक्यो, न एमालेको बहुमत आयो ।’
न्यूनतम साझा कार्यक्रममा के का लागि सरकारमा जोडिएका छौं भनेर जवाफ आउने उनले बताए ।गृहमन्त्री लामिछानले भने, ‘विचार सिद्धान्तभन्दा अलि पर गएर न्यूनतम साझा कार्यक्रममा त्यस्ता विषय राख्छौं, जसले नागरिकका प्रत्यक्ष सरोकारहरु सम्बोधन गर्छ ।’
आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार नियन्त्रणका लागि विशेष कदम चाल्ने, शिक्षा र स्वाथ्य विधेयकमा साझा धारणा बनाउने, सेवा प्रवाहमा टाइमकार्ड लगाउने जस्ता विषयलाई न्यूनतम साझा कार्यक्रममा समावेश गर्न चाहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ पुस २०७९, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रालयबाट विदा हुने बेला गृहमन्त्री लामिछानेले के-के भने ?
लागु औषधको दुर्व्यसनी नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउँदैछौँ : गृहमन्त्री लामिछाने
जीबी राईलाई नेपाल ल्याउन प्रयासरत छौं : गृहमन्त्री लामिछाने
गृहमन्त्री लामिछानेविरुद्धको रिट 'हेर्दा हेर्दै' मा
देशमा केही नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु हो : गृहमन्त्री लामिछाने
गृहमन्त्री लामिछानेद्वारा सय दिनमा कामको सूची सार्वजनिक (पुर्णपाठ)