लागु औषधको दुर्व्यसनी नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउँदैछौँ : गृहमन्त्री लामिछाने

सफल खबर संवाददाता

बुधबार, १२ असार २०८१, १३ : ३८
लागु औषधको दुर्व्यसनी नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउँदैछौँ : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागु औषधको समस्या विकराल भएको बताएका छन् ।  बुधवार लागु औषध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लागु औषधको समस्या विकराल भएको कुरा गृहमन्त्रीको पदभार ग्रहण गरेपछि झनै बढी महसुस गरेको बताए । 

लामिछानेले लागु औषधको दुर्व्यसनीमा युवाहरूलाई फसाइदिई सकेपछि त्यो देशको दुर्गति सुरु हुने भन्दै सबै मिलेर यसको नियन्त्रणमा लाग्नुपर्ने बताए ।  उनले देशमा रोजगारी नपाएर विदेश गएका कतिपय युवाहरू लागु औषधको दुर्व्यसनीमा फसेको बताए । 

लामिछानेले लागु औषधको दुर्व्यसनी नियन्त्रणका लागि चलिरहेका अभियानहरूमा पनि कतिपयले इमानदारितापूर्वक काम नगरेको भन्दै गृह मन्त्रालय नरममा अति नरम र गरममा अति गरम हुने बताए । 

उपप्रधानमन्त्री लामिछानेले मधेसमा मात्र नभई पहाडी जिल्लाहरूमा समेत लागु औषधको दुर्व्यसनी फैलिएको बताए । उनले लागु औषधको दुर्व्यसनी नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष कार्यक्रम बनाउन लागेको बताए । 

 

प्रतिक्रिया दिनुहोस