काठमाडौं । नेकपा एकीकृत समाजवादीका पार्टी कार्यालय सचिव गंगानारायण तुलाधारले पार्टी एकता गर्ने विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेका छन् । पार्टी स्थायी समिति बैठकपछि सञ्चारकर्मीसंग बोल्दै तुलाधारले अनौपचारिक रुपमा सबै पार्टीसंग भई रहेको भेटघाट र छलफल अन्यथा नलिन आग्रह गरे ।
‘एकताका वारेमा कुनैपनि निर्णय भएको छैन । एकता गर्नेगरी घनिभुत रुपमा पार्टीका औपचारिक बैठक र छलफल भएका छैन । अहिले नै तत्काल एकतामा गइहाल्नुपर्छ भन्ने अवस्था होइन’ तुलाधारले भने, ‘अनौपचारिक रुपमा यस्ता धेरै कुराहरु भएका छन् । हाम्रा पार्टीका नेताहरुले जसपा माओवादी नेतासंग कुरा गर्नु भएको छ ।’ चुनाव भन्दा अगाडि माओवादीसंग एकता गर्नेगरी छलफल भएपनि कुनै निष्कर्षमा नपुगीएको तुलाधारले बताए ।
‘चुनाव अघि एकीकृत समाजवादीमा र माओवादीवीच एकता गर्न वार्ता र छलफल गर्न प्रयास गर्रौ भन्नेगरी माओवादीबाट प्रस्ताव आयो । हामीले सचिवालयमा छलफल गरियौं । एकता गर्ने नै हो छलफल गरौं भन्ने भयो ’ तुलाधारले भने, ‘त्यसमा माओवादीबाट कुनै सक्रियता देखिएन । अहिले त्यसमा केही भएकै छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ पुस २०७९, १५ : १३
लेखकबाट थप