राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

रासस

सोमबार, १८ असार २०७५, १९ : ५०
राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

फाइल फोटो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

पत्नी सीता दाहालको उपचारपछि आइतबार मात्रै अध्यक्ष दाहाल सिंगापुरबाट स्वदेश फर्कनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस