काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति बैठक जारी छ । पार्टी मुख्य कार्यालय वनस्थली (चमती) मा बैठक सुरु भएको हो । बैठकमा मुख्य गरी समसामयिक राजनीतिक गतिविधिमा छलफल गरिने भएको छ ।
सहकारी प्रतिवेदन पश्चात् सरकारले पार्टी सभापति रवि लामिछानेमाथि हुन सक्ने सम्भावित घटनाक्रम र त्यसको रणनीतिमा छलफल भइरहेको छ । यस्तै देशभर बाढी पहिरो विपत्ति र रास्वपाले गरेको कार्यको विषयमा पनि छलफल भइरहेको छ ।
बैठकमा चिन भ्रमण र पार्टी गतिविधि रिपोर्टिङ‚प्रथम राष्ट्रिय भेलाको समीक्षा‚स्थानीय तह उपनिर्वाचन‚ पार्टी महाधिवेशन केन्द्रित गतिविधि सम्बन्ध लगायत विषयमा छलफल हुने एजेन्डा तय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असोज २०८१, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चेतनाको थलो क्याम्पसमा दलका स्वार्थको ताण्डव नृत्य हुनु लज्जाजनक : डा. स्वर्णिम वाग्ले
टिपरका लागि छुट्टै लाइसेन्स व्यवस्था गरौँ : सांसद झा
सांसद तोसिमाको प्रश्न : पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो ?
रास्वपाले स्ववियु चुनावमा उम्मेदवारी नदिने
रास्वपाले बोलायो सचिवालय बैठक
रास्वपा संसदीय दलको बैठक बस्दै