बेंसीसहर । लमजुङको मर्स्याङदी गाउँपालिका-८ भुलभुलेमा बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
बेंसीशहरबाट भुस्मे जाँदै गरेको ग३च ८३६१ नम्बरको बोलेरो भुलभुले सुरुङ मार्ग नजिकै दुर्घटना हुँदा ४५ वर्षीया भीमकुमारी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उकालोमा चढ्ने क्रममा ६ मिटर तल खसेको छ । जीपमा सवार दुई जना गम्भीर घाइते र ६ जना मध्यम घाइते भएका छन् । घाइतेको लमजुङ जिल्ला अस्पताल बेंसीसहरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ पुस २०७९, २० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्वतमा जीप दुर्घटना, २ जनाको मृत्यु
कालीकोट जीप दुर्घटना, ८ जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, चारजना घाइते
कावासोतीमा जीप दुर्घटना हुँदा २० जना घाइते
जीप दुर्घटनामा घाइते युवतीको मृत्यु, चालक पक्राउ
हुम्लाको चङ्खेलीमा जीप दुर्घटना हुँदा पाँचजना घाइते