गण्डकीमा एमालेले खगराजलाई बनायो संसदीय नेता

सफल खबर संवाददाता

आइतबार, १० पुस २०७९, ०४ : ४५
गण्डकीमा एमालेले खगराजलाई बनायो संसदीय नेता

पोखरा।गण्डकीमा नेकपा एमालेबाट संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन् । आइतबार भएको सांसदको भेलाले अधिकारीलाई सर्बसम्मत रुपमा दलको नेता चयन गरेको हो । 

योसँगै उनी गण्डकीको मुख्यमन्त्रीको दावेदारसमेत बनेका छन् । यसअघि कांग्रेस गठबन्धनमा रहेको माओवादी एमालेतिर मिलेसँगै गण्डकीमा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको हो । 

यहाँ एमालेको २२ र माओवादीको ८ सीट छ । २ सीट रहेको राप्रपा पनि सरकारमा जाने भएपछि ३२ सीट सहित तीन पार्टीको सरकार गण्डकीमा बन्ने भएको छ । यद्यपी माओवादीले पनि गण्डकीको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ । 

प्रतिक्रिया दिनुहोस