एजेन्सी । बलिउड अभिनेता अनिल कपुर चाँडै अनीस बज्मीको फिल्ममा देखिने भएका छन् । यस फिल्ममा अनिलसँग ज्याकी श्राफ पनि हुनेछन् ।अनीस र सुभाष घई दुवै मिलेर यो फिल्म बनाउँदैछन् । मिडिया रिपोर्टका अनुसार कमेडीमा आधारित यो फिल्म चोर र प्रहरीको कथामा आधारित हुनेछ ।
पिंकभिल्लाका अनुसार यस फिल्मको शीर्षक ‘चोर पुलिस’ राखिएको छ । जब अनीसले अनिल र ज्याकीलाई फिल्मको कथा सुनाए, उनीहरूलाई यो धेरै मन पर्यो र उनीहरूले तुरुन्तै यसमा काम गर्न स्वीकार गरे। अनिल फिल्मका लागि अनीस बज्मीको पहिलो रोजाइ थिए। त्यसपछि सुभाष घईले ज्याकीको नाम सुझाए । चलचित्रका लागि छिट्टै थप सेलिब्रेटीलाई पनि कास्ट गरिनेछ ।
अनिल कपूर र ज्याकी श्राफले ‘परिंदा’, ‘कर्मा’, ‘राम लखन’ जस्ता १२ फिल्ममा सँगै काम गरेका छन् । ज्याकी र अनिल पछिल्लो पटक सन् २००१ मा रिलिज भएको फिल्म ‘लज्जा’ मा सँगै देखिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ पुस २०७९, १५ : ३५
लेखकबाट थप