काठमाडौँ । नाबालिका जबरजस्ती बलात्कार मुद्दामा पूर्पक्षका लागि जेल चलान भएका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज पेशी तोकिएको छ।
पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते दर्ता गरेका मुद्दाको पेशी आजका लागि तोकिएको हो।
पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ताको कागज बोकेर कानुन व्यवसायी उच्च अदालत गएका हुन्। उच्चअदालतमा दिएको निवेदनमा किशोरीको उमेर १८ वर्ष माथि रहेको दाबी गरिएको छ।
सन्दीपलाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ पुस २०७९, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले सन्दीपलाई दियो भिसा
महान्यायाधिवक्ता कार्यालयले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने
सन्दीप लामिछानेलाई अमेरिकाले दियो भिसा
सन्दीप लामिछानेविरुद्धको मुद्दामा सरकारी वकिल कार्यालयले दियो पुनरावेदन गर्नुपर्ने राय
ब्रान्ड एम्बेसडर बने सन्दीप लामिछाने
जन्मदिनमा सन्दीपको सन्देश- तपाईंहरूको माया र समर्थन मेरो सबै थोक हो