एजेन्सी । कतारमा जारी फिफा विश्वकपको क्रममा ड्युटी गर्दागर्दै लुसेल स्टेडियममा ढलेका सेक्युरिटी गार्डको मृत्यु भएको छ।
कतारको सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) को सर्वोच्च समितिका अनुसार गार्ड जोन न्जाउ किबुईको बुधबार मृत्यु भएको हो। तीन दिन सघन हेरचाह इकाईमा रहेका उनको चिकित्सा टोलीको प्रयासको बाबजुद पनि दुखद मृत्यु भएको एससीले जनाएको छ।
‘एम्बुलेन्समार्फत हमाद मेडिकल अस्पतालको सघन हेरचाह इकाईमा सार्नु अघि स्टेडियम मेडिकल टोली तुरुन्तै घटनास्थलमा पुगेका थिए र आकस्मिक उपचार प्रदान गरेका थिए, एससीको प्रेस विज्ञप्तिमा भनिएको छ।
‘मृतक गार्डको आफन्तलाई पनि जानकारी गराइसकिएको छ। यो कठिन समयमा उनको परिवार, सहकर्मी र साथीहरूलाई हार्दिक समवेदना व्यक्त गर्दछौ’, एससीले भनेको छ । मृतक सेक्युरिटी गार्डको परिवारले पाउने क्षतिपूर्ति रकम प्राप्त गर्ने सुनिश्चित गरिने पनि एससीले जनाएको छ।
उनी शनिबार नेदरल्याण्ड्स र अर्जेन्टिनाबीचको क्वार्टरफाइनल खेलमा सेक्युरिटी गार्ड गरिरहेका बेला ढलेका थिए । फिफा विश्वकप आयोजक देश कतारले उनी के कारणले स्टेडियममै ढलेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको छ।
यसअघि साउदी अरेबियाले फिफा विश्वकपको प्रशिक्षण स्थलको प्रयोग गर्दै आएको रिसोर्टमा काम गर्ने क्रममा एक फिलिपिनो नागरिकको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ मंसिर २०७९, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपमा छनोट भएका सावित्रा र स्नेहा सम्मानित
विश्वकप छनौट: नेपाल र यमन २-२ को बराबरीमा
मध्यरातमा जब विश्वकप हेर्न बसे प्रधानमन्त्री प्रचण्ड
विश्वकपमा भिड्दै नेपाल, पहिलो प्रतिस्पर्धा नेदरल्यान्ड्ससँग
विश्वकप उद्घाटन खेलमा क्यानडाविरुद्ध अमेरिकाको जित
विश्वकपअघि क्यानडाद्वारा प्रशिक्षक पुबुदु दासानायके बर्खास्त