प्योङयाङ । उत्तर कोरियाले आगामी दिनमा परमाणु हतियारको परीक्षण गर्न सक्ने दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सुले बताएका छन् । उत्तरले कहिलेसम्म त्यस्तो परीक्षण गर्छ भन्ने बारेमा भन उनले विवरण दिएनन् । ‘आणविक परीक्षण कहिले हुन सक्छ भनेर ठ्याक्कै थाहा पाउन गाह्रो छ’, उनको भनाइ उद्धृत गर्दै स्काइ समाचार संस्थाले जनाएको छ ।
उत्तरले यस वर्ष अन्तर महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसीबीएम)सहित ठूलो संख्यामा मिसाइलहरू प्रहार गरेको छ । सन् २०११ मा किम जोङ उनले सत्ता ग्रहण गरेपछि यो संख्या सबैभन्दा बढी हो । गत महिना किमले उत्तर कोरियाको अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति प्राप्त गर्ने भएको बताएका थिए । उनले अप्रत्यक्ष रुपमा परमाणु शक्तिले राज्य र जनताको गरिमा र सार्वभौमसत्ताको रक्षा गर्ने बताएका थिए ।
उत्तर कोरियाका आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले प्योङयाङमाथि प्रतिबन्ध लगाएको छ । उत्तरले आफूमाथि लाग्दै आएको प्रतिबन्ध हटाउनु पर्ने भन्दै परीक्षणलाई झनै तीब्र पार्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २८ मंसिर २०७९, १८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियाली राष्ट्रपतिमाथि राजद्रोहको अभियोग
महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति योल पक्राउ
अपडेट : दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार
दक्षिण कोरिया विमान दुर्घटना अपडेट: ८५ जनाको शव फेला
दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव पास
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा