यस्तो देखियो देशभर धान दिवसको रौनक (फोटोफिचर)

शुक्रबार, १५ असार २०७५, १६ : २९
यस्तो देखियो देशभर धान दिवसको रौनक (फोटोफिचर)

चितवन । आज असार १५ अर्थात् धान दिवस । देशभर धान रोपेर मनाइएको छ । धान दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रमहरुको आयोजना गरिएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल,  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा,  प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल लगायत अन्य शिर्ष नेताहरु पनि किसानसँगै आज खेतबारीमा पुगेर धान दिवस मनाएका छन् । तल प्रस्तुत छ देशका केहि स्थानहरुमा देखिएका तस्विरहरु :
तस्बिर : रासस

राष्ट्रिय धान दिवसको अवसरमा शुक्रबार भक्तपुरको चागुनारायणस्थित खेतमा दौडमा सहभागी हुँदै स्थानीय विद्याथी ।

राष्ट्रिय धान दिवसको अवसरमा शुक्रबार भक्तपुरको चागुनारायणस्थित खेतमा धान रोप्दै स्थानीय महिला ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा झापाको कमल गाउँपालिकाले धान दिवसको अवसरमा शुक्रबार केरखामा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा सहभागी हुँदै ।


रुपन्देहीको सैनामैना–८ बासगढीमा रोपाइँ महोत्सवमा सहभागी हुँदै प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल, भूमि तथा कृषि सहकारी मन्त्री आरती पौडेललगायत ।


कञ्चनपुरको बेदकोट नगरपालिकाले सुन्दरपुरमा शुक्रबार आयोजना गरेको १५औँ धान दिवसका अवसरमा धान रोप्दै प्रदेश–७ का सभामुख अर्जुनबहादुर थापा, उपसभामुख निर्मला जोशीलगायत ।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित खेतमा धान रोपाइँ महोत्सवको उद्घाटन गर्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल ।

 

प्रतिक्रिया दिनुहोस