ग्ल्यामर भन्दा पनि अभिनयमा रुची राख्छुः नम्रता सापकोटा

सफल खबर संवाददाता

शनिबार, २४ मंसिर २०७९, १२ : २४
ग्ल्यामर भन्दा पनि अभिनयमा रुची राख्छुः नम्रता सापकोटा

काठमाडौं । नेपाली चलचित्र ‘डेसान’ देशभर प्रदर्शनमा आएको छ । चलचित्र ‘डेसान’ शुक्रबारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको थियो ।शुक्रबार साँझ दर्शकहरूसँगै चलचित्र हेरिसकेपछि कलाकारहरूले दर्शकहरूबाट राम्रो माया पाएको बताए ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै अभिनेत्री नम्रता सापकोटाले चलचित्रमा नराम्रो कुराहरू चाँडै फैलिन्छ, महामारी जस्ता नराम्रा कुराहरू चाँडै फैलिने भन्ने कुरालाई चलचित्रमा देखाइएको बताएकी छन् ।

उनले चलचित्रमा आफूले भाइरसको रोल खेलेको बताएकी छन् । चलचित्रमा एक महिलाले घर बनाउन पनि सक्छ, चाहेमा घर भत्काउन पनि सक्छ भन्ने कुरालाई देखाइएको बताएकी छन् । उनले ग्लामर आफ्नो ठाउँमा भएपनि आफूलाई अभिनय गर्दा मजा लाग्ने र चलचित्रको कथाले अन्तिमसम्म नै के हुन्छ भन्ने कौतुहलता हुने बताइन् ।

कमल एक्चै मगर निर्देशित चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगरलगायतको अभिनय छ । चलचित्रको मुख्य भूमिकामा रहेका निशान र पुनमको यो डेब्यु चलचित्र हो ।

चलचित्रमा पारिवारिक प्रेम, विश्वास, घात तथा बदलाको कथा उठान गरिएको छ । पर्फर्मिङ आर्ट क्रिएशनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउँचा मगरले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो ।

चक्रबहादुर महर्जनले खिचेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्रको वितरण एफडी, जीजीए ग्रुप र रिच इन्टरटेन्मेन्टले गरेको हो ।

प्रतिक्रिया दिनुहोस