काठमाडौं । सरकारले यातायात व्यवसायी तथा गाडीधनीलाई प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । वातावरण विभागले आज सूचना निकालेर गाडीधनीलाई मापदण्डको पालना गर्न अनुरोध गरेको हो ।
उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निस्कासनको अवस्था अन्त्यन्तै दयनीय भएकोले अबका दिनमा विभागले गाडीको धुवाँ निस्कासनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउने समेत जनाएको छ ।
अहिले धुवाँ परीक्षण गर्दा मापदण्ड भन्दा धेरै प्रदूषण गराइरहेका गाडीलाई एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न दिने गरेकोमा अब पुस १ गतेदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई एक लाख रुपैयाँसम्म जरिबाना गर्ने विभागले चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ मंसिर २०७९, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौंको वायु प्रदूषण आज पनि विश्वकै उच्च
काठमाडौँ उपत्यकाको वायु आज पनि अति अस्वस्थकर
काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकर, सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौंको वायु प्रदूषण विश्वको पहिलो नम्बरमा
लाहोर र दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर
पटकाले काठमाडौँमा बढ्यो वायु प्रदूषण