पोट्याटो क्रेकरमा भेटियो सिँगानको पाप्रा, लिच्ची जुसमा फर्मालिनको मिश्रण

विहीबार, १४ असार २०७५, १९ : २७
पोट्याटो क्रेकरमा भेटियो  सिँगानको पाप्रा, लिच्ची जुसमा फर्मालिनको मिश्रण

चिततवन । प्रान कम्पनीले उत्पादन गर्ने पोट्याटो क्रेकरमा अखाद्य वस्तु प्रयोग भएको खुल्न आएको छ । कम्पनीको अधिकांश उत्पादन खान लायक नभएको,अखाद्य वस्तुको मिसावट गरिएको र सिंगानका पाप्राहरु भेटिने गुनासो बढ्न थालेको छ ।
काठमाण्डौँको पेप्सीकोला घर बताउने एक ग्राहकले प्रानको पोट्याटो क्रेकरमा सिंगानका पाप्रा भेटिएको बताएका थिए । कम्पनीले नक्कली गुणस्तर चिन्ह प्रयोग गरी अखाद्य वस्तु विक्री गरिरहेको भन्ने उजुरीपछि उद्योगमा आपूर्ती विभागले अनुगमन गरेको थियो । गुनासोको अधारमा गरिएको अनुगमनमा भेटिएको १ सय ३१ कार्टुन प्रान पोट्याटो क््रयाकरमा शिलबन्दी गरिएको विभागले जनाएको छ । प्रान पोट्याटो क्रेकर विक्री नगर्न विभागले व्यावसायीहरुलाई निर्देशन दिएको छ ।
फर्मलिन हालिएको झोललाई नेपालमा लिच्ची जुस भनेर बेचीरहेका प्रान समूहले ओडीएटी फुड एण्ड वेभरेज प्रालि नामक कम्पनीबाट अखाद्य वस्तुहरु मिसावट पोट्याटो क्रेकर लामो समय देखि उत्पादन गर्दै आएको छ । नक्कली गुणस्तर चिन्ह प्रयोग गरेको पाईएपछि विभागले उद्योगमा शिलबन्दी गरिसकेको छ । यस अघिको सरकारलाई कम्पनीले मोटो रकम बुझाएर नेपालमा व्यपार गरिरहेको भन्ने आरोप थियो । बंगलादेश सरकारले जुसमा केमिकल प्रयोग भएको पाईएकाले जुसको विक्रि वितरणमा प्रतिबन्ध लगाएको छ । फर्मलिन मानव स्वास्थ्यका लागि घातक मानिन्छ ।

 

प्रतिक्रिया दिनुहोस