दक्षिण सुडानमा तैनाथ २१३ नेपाली शान्ति सैनिकको अदलीबदली

सफल खबर संवाददाता

सोमबार, १९ मंसिर २०७९, १२ : ३५
दक्षिण सुडानमा तैनाथ २१३ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडाैँ । नेपाली सेनाले दक्षिण सुडानमा तैनाथमा तैनाथ नेपाली शान्ति सैनिकहरूकाे अदलीबदली गरेकाे छ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत युएन मिसनहरुमा खटिएर शान्ति स्थापनामा महत्वपुर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

सोही क्रममा अाइतबार (२०७९ मंसिर १८ गते) दक्षिण सुडानमा कार्यरत युएन मिसन (युनमिस) मा तैनाथ नेपाली शान्ति सेनाकाे अदलीबदली गरेकाे हाे । चन्दननाथ गण (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्नको लागि वीरदल गण (शान्ति सेना) नवौं डफ्फाको पहिलो टोलीका २१३ जना नेपाली शान्ति सैनिकहरु प्रमुख सेनानी राजन दाहालको नेतृत्वमा काठमाण्डौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।

साथै, उक्त मिशनमा तैनाथ चन्दननाथ गण आठौं डफ्फाको पहिलो टोलीका २१३ जना शान्ति सैनिकहरु सेनानी गोपाल सिंह बोहराको नेतृत्वमा मिति यही मंसिर १७ गते स्वदेश फिर्ता भएकाे सैनिक मुख्यालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस