फ्रान्स र इग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा

एजेन्सी

सोमबार, १९ मंसिर २०७९, ०८ : २१
फ्रान्स र इग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा

एजेन्सी । साविक विजेता फ्रान्स र इग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति सम्पन्न खेलमा फ्रान्सले पोल्याण्डलाई ३–१ र सोमबार बिहान सम्पन्न खेलमा इग्ल्यान्डले सेनेगलाई ३–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

आइतबार स्ट्राइकर ओलिभर जिरौउडले सर्वकालिन गोलकर्ताको कीर्तिमान बनाउन सफल भए । उनले थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान भंग गरेका थिए । दोहास्थित अल थुमामा मैदानमा जिरौउडले एक गोल गर्दा युवा स्ट्राइकर केलियन एम्बाप्पेले दुईगोल गरेका थिए । जारी विश्वकपमा उनि सर्वाधिक गोलकर्ता भएका छन् । उनको नाममा पाँच गोल भएको छ । 

७५औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता २–० को पारे ।  एमबाप्पेले इन्जुरी समयको पहिलो मिनेटमा फ्रान्सका लागि तेस्रो गोल गरेका थिए । पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले इन्जुरी समयमा पेनाल्टीमा एक गोल फर्काएका थिए । लेवान्डोस्कीले जारी विश्वकपमा दोस्रो गोल हो । यदपि, पोल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ । 

यसैगरी इग्ल्यान्डको जीतमा जोर्डन हेन्ड्रसनले ३८ औं मिनेट, हेयरी क्यानले पहिलो हाफको अतिरिक्त समयमा र बुकायो साकाले ५७ औं मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस