बाँके। बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ । बयर खान जङ्गल गएका दुवैजना राप्ती नदी तर्ने क्रममा शनिबारदेखि बेपत्ता थिए । राप्तीसोनारी गाउँपालिका–६ खल्लाटपरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए ।
मृत फेला पर्नेमा राप्तीसोनारी–६ डाँडाटपरीकी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्पणा थारु रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ मंसिर २०७९, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाँकेमा चिसोले जनजीवन प्रभावित
बाँकेमा लागुऔषध प्रयोगकर्ता र कारोबारी बढेः चुनौतीपूर्ण बन्दै न्यूनीकरण
बाँकेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५ जना घाइते
समूहबाट स्वाबलम्बी बन्दै बाँकेका दलित महिला
खडेरीले धानको बीउ राख्नै समस्या
बाँकेमा हुरीबतासले विद्युत् आपूर्ति प्रभावित, ६० भन्दा बढी घरमा क्षति