रूपन्देही। बाँकेको हवलदारपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दाङबाट नेपालगन्ज जाँदै गरेको बस जानकी गाउँपालिका गनापुर नजिकै हवलदारपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु र कम्तीमा २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
आज बिहान दाङबाट नेपालगन्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस नेपालगन्ज पुग्नै लाग्दा गनापुरमा दुर्घटना भएको हो ।घाइतेहरुमध्ये २१ जनाको भेरी अस्पतालमा, ५ जनाको कोहलपुरस्थित मेडिकल कलेजमा १ जनाको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।
मृतकको नाम भने खुलिसकेको छैन । बस अत्याधिक गतिमा रहेका कारण अनियन्त्रित भएर पल्टेको स्थानीयलाई उदृढ गर्दै प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ भदौ २०८१, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाँके राष्ट्रिय निकुञ्जमा देखिन थाले पाटे बाघ
बाँकेमा चिसोले जनजीवन प्रभावित
बाँकेमा लागुऔषध प्रयोगकर्ता र कारोबारी बढेः चुनौतीपूर्ण बन्दै न्यूनीकरण
समूहबाट स्वाबलम्बी बन्दै बाँकेका दलित महिला
खडेरीले धानको बीउ राख्नै समस्या
बाँकेमा हुरीबतासले विद्युत् आपूर्ति प्रभावित, ६० भन्दा बढी घरमा क्षति