काठमाडौं । नेपाली कांग्रेसभित्र संसदीय दल नेताका लागि पाँच जना आकांक्षी देखिएका छन् । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम नआउँदै कांग्रेसभित्र दलको नेता बन्न दौडधुप सुरु भइसकेको छ ।
सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र प्रकाशमान सिंह तथा नेता रामचन्द्र पौडेलले कांग्रेस संसदीय दलको नेताका लागि आकांक्षा राख्दै आइरहेका छन् । सभापति देउवासँग १४औं महाधिवेशमा प्रतिस्पर्धी बनेका डा। शेखर कोइराला भने दलको नेता र आगामी प्रधानमन्त्रीका विषयमा मौन छन् ।
दलको नेताका लागि महामन्त्री थापाले भने भेटघाट तीव्र बनाएका छन् । थापा जसरी पनि यसपटक दलको नेतामा लड्ने मनस्थितिसहित अघि बढेका छन् । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम भने आइसकेको छैन । कांग्रेसले प्रत्यक्षतर्फ ५५ सिटमा जित निकालिसकेको छ भने समानुपातिकतर्फ ३२ सिटको आसपास आउने अवस्था छ । यी दुवै संख्या जोड्दा कांग्रेसबाट संसद्मा ८७ जना सांसद्को प्रतिनिधित्व हुन सक्छ ।
कांग्रेसको १४औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएका थिए भने उनी हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट निर्वाचित बनेका हुन् । थापा भने देउवा सभापति बन्दा अर्को समूहबाट महामन्त्री निर्वाचित भएका थिए । उनी प्रतिनिधिसभामा काठमाडौं ४ बाट निर्वाचित भएका हुन् ।
‘संसदीय दलको नेताका लागि तयारी अघि बढाइसकेको छु, नेताहरूसँगको भेटघाटमा व्यस्त छु, सभापति र डा। शेखर कोइरालासँग पनि यो विषयमा छलफल गर्दै छु,’ थापाले राजधानीसँग भने । कांग्रेस विधानमा संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ । संसद्मा ठूलो दल कांग्रेस नै बन्ने र प्रधानमन्त्रीसमेत दाबी गर्न सकिने अवस्था बन्दै गएपछि दलको नेता बन्न दौडधुप बढेको हो ।
देउवासँग थापाबाहेक वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र सिंहले संसदीय दलको नेता बन्ने कसरत जारी राखेका छन् । पौडेल तनहुँ १ बाट र डा। शशांक नवलपुर १ बाट निर्वाचित बनेका हुन् । यसैगरी, सिंह काठमाडौं १ बाट निर्वाचित सांसद हुन् । कांग्रेस राजनीतिको १४औं महाधिवेशदेखिको पृष्ठभूमि हेर्ने हो भने खासगरी संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
१४औं महाधिवेशनमा वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री डा. शशांकले मौन बसेर सभापतिमा देउवालाई सघाएको कांग्रेस वृत्तमा अहिले पनि चर्चा छ । सिंहले भने पहिलो चरणमा आफैं सभापतिको उम्मेदवार बनेर दोस्रो चरणमा देउवालाई समर्थन गरेकाले पनि थापाबाहेकका अन्यले दलको नेताका लागि देउवातिरै ढल्किने अवस्था बन्न सक्छ ।
कांग्रेसका अर्का वर्तमान महामन्त्री विश्वप्रकाश शर्माले भने थापालाई नै दलको नेता र आगामी प्रधानमन्त्रीका रूपमा अघि बढाउनुपर्ने धारणा राख्दै आइरहेका छन् । उनले निर्वाचनअघि नै थापालाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिसकेका छन् भने दलको नेताका लागि पनि आफैं प्रस्तावक बन्ने अभिव्यक्ति दिइसकेका छन् । राजधान दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १६ मंसिर २०७९, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मैले र गगनले कुलमान हटाउन हुँदैन भनेका थियौं: विश्वप्रकाश शर्मा
देउवा निवास बूढानीलकण्ठमा कांग्रेसको चियापान, शेखर पनि सहभागी
कांग्रेस नेताहरुको सामाजिक सन्जालमा मजाक लाग्दो रोइलो
काँग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य मनोनीत
भ्रष्टाचारमा दोषी ठहरिएका जिल्ला सभापतिलाई बर्खास्तको माग गर्दै प्रदर्शन
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै