काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ५२ जनाको नमूना परीक्षण गरिएको थियो ।
६ सय १५ जनाको पीसीआर र १ हजार ३७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोमबार ३४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ मंसिर २०७९, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति