काठमाडौं । सर्लाहीको क्षेत्र नं ३ बाट नेकपा (एमाले) का हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नरेन्द्र साहलाई सात सय ७० मतान्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।
उप्रेतीले ३२ हजार नौ सय ३८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका साहले ३२ हजार एक सय ६८ मत पाएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणामअनुसार जनमत पार्टीका उम्मेदवार त्रिभुवन सिंहले पाँच हजार पाँच सय १९ मत ल्याएका छन् ।
उप्रेती विसं २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । अब जिल्लाको निर्वाचन क्षेत्र नं २ प्रदेशसभा (२) र प्रतिनिधिसभा–२ को मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ मंसिर २०७९, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण, प्रहरीद्वारा पाँच राउण्ड हवाई फायर
बाढी र डुबानले प्रभावित सर्लाहीका गाउँमा खानेपानी समस्या
सर्लाहीमा श्रीमतीको गोली हानेर हत्या
सर्लाहीमा असारमा मात्रै डेढ करोडभन्दा बढी मूल्यका सामान बरामद
सर्लाहीका ९१ निजी वनमा २६ प्रजातिका बोटबिरुवा
सर्लाहीका आगलागीपीडितलाई सशस्त्रको राहत