काठमाडौं । आइतबार सम्पन्न आम निर्वाचनको प्रदेशसभातर्फको मतगणना जारी रहेको छ । बुुधबार बिहान साढे ११ बजेको अध्यावधिक विवरणअनुसार प्रत्यक्षमा प्रदेश १ मा नेपाली कांग्रेस एक प्रदेशसभा निवाचन क्षेत्रमा विजयी भएको छ भने ११ स्थानमा अगाडि छ । यस्तै माओवादी केन्द्र एक स्थानमा विजयी हुँदा ६ मा अग्रता रहेको छ ।
यस्तै एमालेले प्रदेशसभा निर्वाचन क्षेत्रमा १९ स्थानमा अग्रता बनाएको छ भने राप्रपाले ३, नेकपा एकीकृत समाजवादीले २ स्थानमा अग्रता बनाएको छ । यस्तै मधेस प्रदेशमा जनमत पार्टीले २ स्थानमा जित र ३ स्थानमा अग्रता बनाएको छ भने कांग्रेसमा एकमा विजयी तथा ११ स्थानमा अग्रता बनाएको छ । यस्तै जसपा १ स्थानमा विजयी हुँदा ८ स्थानमा अगाडि छ भने माओवादी केन्द्र १ स्थानमा विजयी हुँदा ६ स्थानमा अगाडि छ ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले एक स्थानमा जित हासिल गर्दा एक ४ स्थानमा अगाडि छ । यसैगरी अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवार १९ स्थानमा अगाडि छन् । यसैगरी बागमती प्रदेशमा कांग्रेसले ८ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने १२ मा अग्रता बनाएको छ । यस्तै एमाले ४ मा विजयी हुँदा ११ स्थानमा अगाडि छ ।
माओवादी केन्द्र एक निर्वाचन क्षेत्रमा विजयी हुँदा ८ स्थानमा अगाडि छ भने एकीकृत समाजवादी पार्टी १ स्थानमा विजयी हुँदा ८ स्थानमा अगाडि छन् । यस्तै राप्रपाले ६ स्थानमा अग्रता बनाएको छ भने अन्य स्थानमा २ उम्मेदवारको अग्रता छ ।
यस्तै गण्डकीमा कांग्रेसले ३ स्थानमा विजयी र ९ स्थानमा अग्रता बनाएका छन् । यस्तै एमालेले १ स्थानमा जित र १० स्थानमा अग्रता बनाएका छन् । यस्तै माओवादी केन्द्र १ स्थानमा विजयी र ४ स्थानमा अगाडि छ । यस्तै मनाङमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यसैगरी लुम्बिनी प्रदेशसभामा जसपाले २ स्थानमा जित हासिल गर्दा एक जना स्वतन्त्र उमेदवार पनि विजयी भएका छन् । यस्तै एमाले १४, कांग्रेस १२, माओवादी ४ र अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवार ८ स्थानमा अगाडि छन् ।
यस्तै कर्णालीमा कांग्रेस २ स्थानमा विजयी हुँदा ४ स्थानमा अगाडि छ भने माओवादी ५, एमाले १ स्थानमा अगाडि छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेस एक स्थानमा विजयी हुँदा ६ स्थानमा अगाडि छ । यस्तै माओवादीले एक प्देशसभामा जित हासिल गर्दा २ मा अगाडि छ । यस्तै एमालेका ४, नागरिक उन्मुक्ति पार्टीका २ र एकीकृत समाजवादी पार्टीका १ उम्मेदवारले पनि अग्रता बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ मंसिर २०७९, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
पुथाउत्तरगंगा गाउँपालिकामा मतगणना सुरू
बझाङमा दिउँसो १ बजेबाट मतगणना सुरु हुने
इलाम- २ को मतगणना ११ बजेदेखि हुने
इलाम–२ को मतगणनाका लागि सर्वदलीय बैठक बस्दै
इलाम- २ मा मतगणनाको तयारी, केहीबेरमा शुरु हुदै