पोखरा। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत कास्कीमा ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ । जिल्लाभर २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता थिए ।
योसँगै मतपेटिका संकलन सुरु भएको छ । प्रारम्भिक अनुमान अनुसार ६० प्रतिशत हाराहारी मत खसेको प्रदेश निर्वाचन कार्यालयका सुचना अधिकारी रुद्र न्यौपानले जानकारी दिए ।
कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र छन् । जिल्लाको मतदान सामान्य हिसावमा सकिएको उनले बताए । माछापुच्छ्रेको एक मतदान केन्द्रमा मतदाताले बुथ फाल्ने बाहेक अरु अप्रिय घटना नभएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ मंसिर २०७९, १९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कास्कीमा डेंगीबाट तीनको मृत्यु, ३७ सयबढी संक्रमित
कास्की र लमजुङमा पहिरोमा परी चार जनाको मृत्यु