एजेन्सी । दक्षिण अफ्रिका आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ बाट बाहिरिएको छ । आइतबार बिहान भएको खेलमा नेदरल्यान्ड्ससँग १३ रनले पराजित हुँदै दक्षिण अफ्रिका बाहिरिएको हो ।
एडिलेडमा नेदरल्यान्ड्सले दिएको रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १४५ रन बनायो । दक्षिण अफ्रिकाका लागि रेल रोसोले सर्वाधिक २५ रनको योगदान गरे । त्यस्तै हिरिस काल्सेनले २१ रन बनाउँदा कप्तान टेवा बाभुमाले २० रनको योगदान गरे ।
बलिङतर्फ नेदरल्यान्ड्सका लागि बर्नान्डो ग्लोभरले तीन विकेट लिए । त्यस्तै फ्रेड कालेसेन र बास डिलिडले दुई–दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि कोलिन आर्करमले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै स्टेफिन माइब्रुसले ३७ रन बनाउँदा टोम कोपरले ३५ रन जोडे । दक्षिण अफ्रिकाका लागि केशव महाराजले दुई विकेट लिए । त्यस्तै नोर्टेज र एडेन मार्करमले एक–एक विकेट लिए ।
यो नतिजासँगै ४ खेलबाट ६ अंक जोडेको भारत सेमिफाइनलमा पुगेको छ । दक्षिण अफ्रिका ५ खेलबाट ५ अंक जोडेर बाहिरिएको छ । यता ४ खेलबाट समान ४ अंक भएका पाकिस्तान र बंगलादेश मध्य एक टोली सेमिफाइनलमा पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २० कार्तिक २०७९, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टेस्ट च्याम्पियनसिपको फाइनलमा
दक्षिण अफ्रिकालाई हराउँदै अफगानिस्तानले जित्यो सिरिज
अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकपको फाइनलमा
दक्षिण अफ्रिकाको लगातार पाचौं जित
रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा पुन: निर्वाचित
दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु