एजेन्सी । अष्ट्रेलियामा आईसिसी टी–२० विश्वकप खेलिरहेका श्रीलंकन क्रिकेटर दानुस्का गुणथिलाका यौन हिंसा आरोपमा पक्राउ परेका छन्।उनीविरुद्ध २९ वर्षीय महिलाले यौन हिंसा ‘सेक्सुअल एजल्ट’ गरेको आरोप लगाएकी छिन्। घटना पूर्वी सिड्नीमा गत साता भएको दावी गरिएको छ।
टिम बसिरहेको होटलबाट आइतबार बिहान उनलाई नियन्त्रणमा लिइएको छ। डेटिङ एप्समार्फत सम्पर्कमा आएकी ती महिलासँग धेरैपटक कुराकानी भएपछि गुणथिलाकाले भेटेको क्रिकइन्फोले उल्लेख गरेको छ।
गुणथिलाका ह्यामस्टिङ इन्जुरीका कारण जारी विश्वकपको पहिलो चरणबाटै टोलीबाट बाहिरिएका थिए। तर उनी अष्ट्रेलियामा टिमसँगै बसिरहेका थिए। न्यु साउथ वेल्स प्रहरीका अनुसार गत बुधबार साँझ गुणथिलकाले ती महिलामाथि आक्रमण गरेको आरोप लागेपछि अनुसन्धान भइरहेको छ।
३१ वर्षीय गुणथिलाकाले श्रीलंकाका लागि टेस्ट क्रिकेटमा ८ खेल खेल्दै २ अर्धसतक, एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४७ खेल खेल्दै २ सतक र ११ अर्धसतक तथा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४५ खेल खेल्दै तीन अर्धसतक बनाएका छन्।
श्रीलंकाले शनिबार मात्र सुपर–१२ को आफ्नो अन्तिम खेल खेलेको थियो। एसिया कप च्याम्पियन श्रीलंका यसपटक सुपर–१२ बाट अगाडि बढ्न सकेन।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २० कार्तिक २०७९, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपमा छनोट भएका सावित्रा र स्नेहा सम्मानित
विश्वकप छनौट: नेपाल र यमन २-२ को बराबरीमा
मध्यरातमा जब विश्वकप हेर्न बसे प्रधानमन्त्री प्रचण्ड
विश्वकपमा भिड्दै नेपाल, पहिलो प्रतिस्पर्धा नेदरल्यान्ड्ससँग
विश्वकप उद्घाटन खेलमा क्यानडाविरुद्ध अमेरिकाको जित
विश्वकपअघि क्यानडाद्वारा प्रशिक्षक पुबुदु दासानायके बर्खास्त