रुखको हाँगा काट्दा करेन्ट लागेर पर्वतमा एक जनाको मृत्यु

शनिबार, ०९ असार २०७५, १९ : ०६
रुखको हाँगा काट्दा करेन्ट लागेर पर्वतमा एक जनाको मृत्यु

पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका–२ देउपुरमा करेण्ट लागेर एक वृद्धको मृत्यु भएको छ । मोदी–२, देउपुरस्थित सिमखेतका ७५ वर्षीय ऋषिराम शर्माको आज बिहान करेण्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । तरकारीका लागि थाँक्रो काट्न गएका वृद्धलाई विद्युत्को थ्रीफेज लाइनमार्फत बुटामा विद्युत् प्रवाह भएकाले करेण्ट लागेको प्रहरीले जनाएको छ ।

विद्युत्को तारलाई छोएको बुटामा चढेर हाँगा काट्दा करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृतक वृद्धको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा लगिएको मोदी–२ का वडाध्यक्ष विकास तिमिल्सिनाले जानकारी दिनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस