हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा-११ नवलपुरबाट जुवा खेलिरहेका ३३ जनालाई सोमबार राति पक्राउ गरेको छ ।
नवलपुरस्थित बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर कार्कीले जानकारी दिए ।
जुवा खेलीरहेका स्थानबाट प्रहरीले १३ थान कौडा, १३ बुक तास र ७३ हजार रुपैयाा नियन्त्रणमा लिएको छ ।यसैगरी प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै सोही स्थानबाट एक जना महिलालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ कार्तिक २०७९, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित तीन जना पक्राउ
तीनकुने घटनामा संलग्न थप दुई पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
अवैध लागू औषधसहित दुई जना पक्राउ
कैलालीबाट एक किशोरीसहित ४ जना पक्राउ
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ