१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २४ चैत्र २०८१, १५ : ५७
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं। मोरङमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेटाङ नगरपालिका-२ बस्ने ३५ वर्षीय अनिल राईलाई रहेका छन् । उनलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो ।

राईले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले पक्राउ गरेको हो । घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस