काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा एमाले लोकतन्त्र विरोधी पार्टी भएको आरोप लगाएका छन् ।
सोमबार चुनावी सभा निसीखोलामा बोल्दै उनले नेकपा एमाले लोकतन्त्र विरोध पार्टी भएको आरोप लगाएका हुन् ।
“हामीले लडेर ल्याएको व्यवस्थाविरुद्वमा नेकपा एमाले छ,” उनले भने,“ ७० वर्ष लामो सघर्षबाट प्राप्त संघीय लोकतन्त्रसहितको गणतन्त्र सक्याउन एमाले उद्धत छ ।
उनले संसारभरको निर्वाचन व्यवस्थालाई हेरेर नेपालमा मिश्रित निर्वाचन प्रणाली ल्याएको बताए । “यो प्रणाली ल्याउन सात दशक सघर्ष गर्नुपर्यो”, उनले भने, “यो प्रणालीमा भएका कमि कमजोरीलाई सच्चाएर जनताको हितमा लाग्दै समाजवाद उन्मुख राज्य प्रणालीमा जान्छौं ।
सरकारले ९६ प्रकारका निःशुल्क औषधिसहित प्रत्येक स्थानीय तहमा पालिकास्तरीय अस्पताल बनाउने चरणमा रहेको बताउँदै १२ कक्षासम्म शिक्षा निःशुल्क हुने आश्वासन दिए ।
संविधानमा माध्यमिक तहको शिक्षा निःशुल्क भनेपनि विस्तारै कार्यान्वयन चरणमा रहेको बताउँदै कक्षा ६ सम्म दिवा खाजासहित शिक्षक अस्पताल बन्ने प्रक्रियामा रहेको उल्लेख गरे ।
बागलुङका जनताको मतले आफू मन्त्री भएको बताउँदै बागलुङकै विकाशका लागि जीवन्त लागिपरिरहने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ कार्तिक २०७९, १९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटले मुलुकको अर्थ प्रणालीलाई लयमा ल्याउँछ : देवेन्द्र पौडेल
प्रचण्डले गिरिजाप्रसाद कोइरालाले दिएको जिम्मेवारी पूरा गर्दै हुनुहुन्छ : देवेन्द्र पौडेल
संसदमा माओवादीको प्रश्न - संविधान मान्छु भनेर शपथ खाएपछि व्यवस्थाको विरोध गर्न पाइन्छ ?