दाङ।सहरी विकासमन्त्री मेटमणि चौधरीले आधुनिक देउखुरीका लागि आफूले ल्याएका योजनाका कारण देउखुरीको मुहार फेरिने बताएका छन्।
नेपाली कांग्रेस गढवाले शुक्रबार आयोजना गरेको पालिकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री चौधरीले सो धारणा राखेका हुन्।
१० अर्बको लागतमा राप्ती कोरिडोर निर्माण प्रक्रिया अघि बढेको बताउँदै मन्त्री चौधरीले भने, ‘राप्ती कोरिडोर आयोजनाअन्तर्गत नदीको दुबैतर्फ तटबन्ध बन्ने छ। जसकारण बाढीको समस्या सदाका लागि हल हुनेछ। त्यसका साथै सैयौँ बिघा जग्गा जनताको हातमा आउनेछ। नदीको दुवैतर्फ फराकिला बाटा, हरियाली कायम हुनेछ। नदी किनारमा आधुनिक सहर निर्माण हुनेछ। पर्यटनको प्रवद्र्धन हुनुका साथै आयस्रोतका अनेक बाटा खुल्नेछन्।’
राप्ती कोरिडोर गेम चेन्जर परियोजना रहेको जानकारी दिँदै मन्त्री चौधरीले सीमा नाका जोड्ने बाटो निर्माण, श्रीनगर चोकदेखि स्वर्गद्धारी जोड्ने ५५ किलोमिटरको बाटो निर्माण, बनगाउँदेखि स्वर्गद्धारी जोड्ने केवलकार निर्माण, घाराहीलाई केन्द्र मानी मुख्य सहर जोड्ने पोड वे लगायतका परियोजनाका कारण देउखुरीको मुहार फेरिने बताए।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारु, कांग्रेसका क्षेत्रीय अध्यक्ष भेषराज पाण्डे, अनुप थापा, सकुन्तला डिसीलगायतले गठबन्धनका पक्षमा लाग्न सबैलाई निर्देशन दिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ कार्तिक २०७९, २१ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ : मन्त्री चौधरी
किशोरीहरूका लागि लगानी र नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी
कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैन : मन्त्री चौधरी
महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छ: मन्त्री चौधरी