काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। आइतबार बिहान निधन भएका जोशीलाई श्रद्धाञ्जली दिन ललितपुर महानगरपालिका पुगेका प्रचण्डले उनको पार्थिव शरीर दर्शन गरी पुष्पगुच्छासहित श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
श्रद्धाञ्जली दिन प्रचण्डसँगै प्रधानमन्त्री शेरबहादुर देउवा, नेता बामदेव गौतम, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नगर प्रहरी प्रमुख सीताराम हाछेथु, कलाकार मदनकृष्ण श्रेष्ठलगायत पुगेका थिए।
१०३ वर्षको उमेरमा उपचारको क्रममा जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा किष्ट अस्पतालमा निधन भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० असोज २०७९, १४ : ५३
लेखकबाट थप