धनगढी । नेकपा एमाले सुदूरपश्चिम कमिटीले पार्टीले टिकट दिएका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै पाँच जनानेतालाई पार्टीबाट निष्कासन गरेको छ।
सुदूरपश्चिम प्रदेश कमिटि सदस्यद्धय टेकबहादुर हमाल र खेम सुवेदीसहितका पाँच नेतालाई साधारण सदस्य समेत नहरनेगरी निष्कासन गरेको प्रेस विज्ञप्तिमार्फत जनाईएको छ ।
।
एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले जारी गरेको बिज्ञप्ति अनुसार प्रदेश कमिटि सदस्य हमाल र सुवेदीसहित केन्द्रीय सल्लाहकार परिषद्का सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ती समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउँदलाई केन्द्रीय निर्देशनअनुसार सम्बन्धीत कमिटिले पार्टीबाट निष्कासन गरेको हो।
प्रदेश समिति सदस्य सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्बर १ को प्रदेशसभा (१) , हमालले कञ्चनपुर २ को प्रदेशसभा (१) साउँदले कञ्चनुर क्षेत्र नम्बर १ को प्रदेशसभा (२) र मयालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असोज २०७९, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महासचिव र रुसी कुटनैतिक अधिकारीबीच भेट
अध्यादेशबारे विपक्षीले अनावश्यक भ्रम सिर्जना गरे : एमाले
पाँच जना नेता एमालेबाट निष्कासित
यस्तो छ एमाले सचेतक बरालले संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव (पूर्णपाठ)
एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
एमाले विधान महाधिवेशन : ७० वर्षे उमेर हद वैधानिक रूपमै हट्ने