लमजुङ । एमाले उपमहासचिव प्रदेशका अधुरा काम पूरा गर्ने बताएका छन् । लमजुङमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमम गुरुङले आफू प्रदेशमा गएर पनि आफ्नै प्रस्तावमा देवप्रसाद गुरुङलाई संघमा पठाएकोमा अहिले उनी आफ्नैविरुद्ध आएको बताए ।
नेता गुरुङले सुख,दुःख, घामपानी, रातदिन, जित वा हार, उकालीओराली जुनसुकै अवस्थामा जनतासँग रहेको उल्लेख गरे । ६ पटक चुनाव लड्दा दुईपटक मात्र जितेको र नागरिकलाई खास सेवा गर्न पाएको समय ३४ महिना मात्र रहेको उनकाे भनाइ थियाे ।
गण्डकी प्रदेशको मुख्यमन्त्री बन्दा आफ्नो क्षमता देखाएको बताउँदै उनले प्रदेशका चार लाख ७८ हजार घरधुरीमै घरघरमा धारा पुर्याउने काम सुरु गरेको दाबी गरे । संघ सरकारले पनि दुई वर्षपछि मात्र उक्त अभियान अवलम्बन गरेको उनकाे भनाइ थियाे । पुनः मुख्यमन्त्री बनेर अधूरा काम गर्ने इच्छा भए पनि तल्लो तहमा लड्ने र काम गर्ने अन्य रहेको भन्दै पार्टी नेतृत्वले माथि आउनुपर्छ भनेपछि संघमा भिडेको उनले बताए ।
गण्डकी प्रदेशका ८५ पालिकाको केन्द्रमा ८ मिटरको फराकिलो कालोपत्रे सडक बनाउने अभियान थालेकोमा अहिले गठबन्धनको सरकारले अवरुद्ध पारेको उनले आराेप लगाए । आफूले लमजुङमा चार दशकभन्दा बढी समय राजनीतिमा सक्रिय रहेको भन्दै कांग्रेसको वर्चश्व रहेको लमजुङमा एमालेको झण्डा गाढ्न सफल भएकोसमेत बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ असोज २०७९, १७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छः सञ्चारमन्त्री गुरुङ
एमाले यही पाराले चले ८४ ले हावा खान्छ : पृथ्वीसुब्बा गुरुङ
पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्धितर्फ उन्मुख गर्न सकिने
डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा : सञ्चारमन्त्री गुरुङ
मानवता नै सर्वोच्च धर्म हो : सञ्चारमन्त्री गुरुङ
यो सत्ता समीकरण ०८४ सम्मै जान्छ : सञ्चारमन्त्री गुरुङ