इजाजत प्राप्त हातहतियार बुझाउन लमजुङ प्रशासनको निर्देशन

सफल खबर संवाददाता

शनिबार, १५ असोज २०७९, १६ : १७
इजाजत प्राप्त हातहतियार बुझाउन लमजुङ प्रशासनको निर्देशन

इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै प्रशासनले ५ कात्तिकभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो।

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैधले बताए । हातहतियार निर्वाचन सम्पन्न भएको एक हप्ता पश्चात् फिर्ता गरिनेछ । हातहतियार तोकिएको समयमा नबुझाए कानुनअनुसार कार्बाही गरिनेछ ।

प्रतिक्रिया दिनुहोस