एजेन्सी । सिटी उडानका समयमा एक यात्रुले परिचरलाई आक्रमण गरेका छन् । मेक्सिकोको लस क्याबोसबाट लस एन्जलसका लागि उडेको एक अमेरिकी एयरलाइन्सका यात्रुले परिचलाई आक्रमण गरेका हुन् ।
आक्रमण गर्ने यात्रुलाई आजीवन प्रतिबन्ध लगाइएको छ । बुधबार अमेरिकन एयरलाइन्सको उडान ३७७ मा उक्त घटना भएको हो । आक्रमणको भिडियो अर्का यात्रुले खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उक्त भिडियो अहिले भाइरल भएको छ ।
वासिंगटनपोस्टका अनुसार स्थानीय समयअनुसार दिउसो साढे तीन बजे उक्त विमान एल एन्जलस विमानस्थलमा अवतरण गरेको थियो । अवतरणपछि ती यात्रुलाई संघीय अनुसन्धान व्युुरोका अधिकारीहरूले हटाएका थिए । ट्वीटरमा सेयर गरिएको ३३ सेकेन्ड लामो भिडियो क्लिपमा विमानका पुुरुष परिचरले यात्रुलाई ‘तपाइँले मलाई धम्की दिएको हो ?’ भनेको सुन्न सकिन्छ ।
त्यति भनेर उनी अगाडि बढ्दा पछाडिबाट सुन्तला रंगको सर्ट लगाएका यात्रु पछाडिबाट दौडिएर मुड्कीले परिचरको टाउकोमा हिर्काउछन् । अन्य यात्रुुले ‘ओ माइ गड’ भनेको आवाज पनि भिडियोमा सुन्न सकिन्छ । एक यात्रुले ‘तपाइँले के गरेको हो ?’ भनेर ती व्यक्तिलाई झपारेका देखिन्छन् ।
कुटाइ खाएका परिचरको उद्दार गर्न एयर होस्टेस आएको पनि भिडियोमा देख्न सकिन्छ । बाँकी उडानभर ती व्यक्तिलाई विमानका अन्य यात्रुले नियन्त्रणमा लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०९ असोज २०७९, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तराईका तीन विमानस्थलको उडान अवरुद्ध
जजिरा र थाइ एशियाले भैरहवा विमानस्थलबाट उडान सुरु गर्दै
सिमरा, भरतपुर र भैरहवाको उडान अवरुद्ध
दुई वर्षमा पोखरामा दुई अन्तर्राष्ट्रिय उडान
रेसुंगा विमानस्थलमा एक महिनापछि पुनः उडान सुरु
अविरल वर्षाका कारण आन्तरिक उडान प्रभावित