काठमाडौं । आसन्न निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाएपछि सत्तारुढ गठबन्धन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फको सिट बाँडफाँटमा जुटेको छ ।
आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सोमबार निर्वाचनमा आयोगमा बुझाएका गठबन्धनआवद्ध दलहरु मंगलबार प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुटेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यसहित शीर्षनेताहरुको प्रत्यक्षतर्फको सिटको भागबण्डा मिलाउन बैठक बसिरहेको हो ।आसन्न निर्वाचनमा तालमेल गरेर जाने बताएका दलहरुबीच सिट बाँडफाँटमा सहमति जुट्न सकेको छैन । सिट बाँडफाँटका लागि गठबन्धनले कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असोज २०७९, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह
एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने
आवश्यक परे अध्यादेश ल्याउन सकिन्छ, तर अहिले तयारी छैन : प्रधानमन्त्री ओली
काँग्रेस सदनलाई बन्धक बनाएर गठबन्धन भत्काउने चलखेलमा छ : एमाले
वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति लागि परे : केपी ओली
गठबन्धन कार्यदलको बैठक बालुवाटारमा