काठमाडौं । मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ । शुक्रबार विहान ९ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार बैठकले संघीय संसद्को ११ औं अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने छ । प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरातिदेखि अन्त्य गर्ने सरकारको तयारी छ ।
समानुपातिकको बन्दसूची बुझाउनुअघि राष्ट्रपतिसमक्ष संसद् अधिवेशन अन्त्यको सिफारिस गर्न लागिएको उनको भनाइ छ । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारको बन्दसुची बुझाउन आइतबार र सोमबारका लागि समय तोकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ भदौ २०७९, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद बैठक बस्दै, आईजीपी नियुक्तिको तयारी
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद बैठक बस्दै
राष्ट्रपतिद्वारा अर्को सरकार गठन नभएसम्म काम गरिरहन प्रचण्ड मन्त्रिपरिषदलाई कार्यभार