काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश लहर देखेर अध्यक्ष केपी शर्मा ओली उत्साहित देखिएका छन् । विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्न थालेपछि आगामी निर्वाचनमा विपक्षी दलको गठबन्धन निर्माण गरेर सरकार सञ्चालन गर्नेमा अध्यक्ष ओली ढुक्क छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सहितका साना दलबाट नेता विद्रोह गर्दै एमालेमा प्रवेश गरिरहेका छन् ।
एमाले पोलिटब्युरो सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेको लहर चलेको बताए । जिल्लादेखि केन्द्रीय कार्यालयसम्म दिनहुँ पार्टी प्रवेश कार्यक्रम भइरहेको उनले जानकारी दिए ।
एमालेबाट विद्रोह गरी गठन भएको एकीकृत समाजवादीका नेता एमाले प्रवेश गर्न थालेपछि अध्यक्ष ओलीले ‘आगामी चुनावसम्ममा एकीकृत समाजवादीमा कार्यकर्ता नै नरहने’ ठोकुवा गरेका छन् । गत मंगलबार पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै ओलीले चुनावसम्ममा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपाल कार्यकर्ताविहीन हुने दाबी गरे ।
‘तपाईंहरूलाई यो भविष्यवाणी मिल्दैन कि भन्ने लाग्यो होला, नोट गरेर राख्नुस् । चुनावसम्ममा माधव नेपालसँग आपूmबाहेक कार्यकर्ता नै रहँदैनन्’ ओलीले भने । एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’समेत पार गर्न नसक्ने दाबी गर्दै उनले थपे, ‘माधव नेपालको पार्टीले थ्रेस होल्ड पार गरेर तीन प्रतिशत ल्याएर संसद्मा पुग्दैन । चुनावमा प्रचण्डको पार्टीले थ्रेस होल्ड कटाएर यसपल्ट राष्ट्रिय पार्टीको इज्जत जोगाउँछ ।’
पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बिहीबार नेकपा माओवादी नेता–कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै ओलीले त्यस्तै ठोकुवा गरे । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं चितवन जिल्लाका सह–इन्चार्ज रहेका प्रभावशाली नेता यमबहादुर परियार ९इन्द्रजित०सहितका नेता–कार्यकर्तालाई ओलीले अबिरमाला लगाएर पार्टीमा प्रवेश गराए ।
एमाले र माओवादी एकतापछि बनेको नेकपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार पाँचपटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुन् । उनी एमालेमा प्रवेश गरेसँगै माओवादीका अध्यक्ष प्रचण्डलाई असर पर्ने विश्लेषण भइरहेको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३१ भदौ २०७९, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले विराटनगरको अध्यक्षमा बलराम गिरी विजयी
काँग्रेस नेताहरूको असन्तुष्टिबारे संयन्त्रमै छलफल गर्दा राम्रो हुन्छ’: नेकपा एमाले
वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन
एमालेको सचिवालय बैठक बस्ने
दोषी भए पूर्वराजालाई नागरिक जसरी दण्डको भागीदार बनाउँछौं: ईश्वर पोखरेल
‘दुर्गा प्रसाईँ पक्राउ परे, अब पूर्वराजालाई पनि कानूनी दायरामा ल्याउनुपर्छ’: एमाले