विद्युत प्राधिकरणले माग्यो कर्माचारी, सह-निर्देशकदेखि मिटर रिडरसम्मको माग

सफल खबर संवाददाता

शुक्रबार, ३१ भदौ २०७९, ०७ : ५२
विद्युत प्राधिकरणले माग्यो कर्माचारी, सह-निर्देशकदेखि मिटर रिडरसम्मको माग

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा स्थायी कर्मचारी भर्ना गर्ने भएको छ ।

लोकसेवा आयोगबाट लिइने परीक्षाका लागि प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको छ। प्राधिकरणले सह(निर्देशकदेखि मिटर रिडरसम्मको माग गरेको छ ।

प्राधिकरणले एक सहनिर्देशक, तीन प्रबन्धक, तीन उपनिर्देशक, दुई उपप्रबन्धक,एक चार्टट अकान्टेन्ट र दुई सहायक प्रबन्धक मागेको छ ।

योग्यता पुगेका उम्मेदवारले असोज २० सम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेरे २७ असोजसम्म पनि दरखास्त दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस