पेरु र डेनमार्कबीचको खेल पहिलो हाफसम्म गोलरहित बराबरी

शनिबार, ०२ असार २०७५, २२ : ४८
पेरु र डेनमार्कबीचको खेल पहिलो हाफसम्म गोलरहित बराबरी

चितवन । फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार जारी खेलको पहिलो हाफसम्म पेरु र डेनमार्कले गोलरहित बराबरी खेलेका छन् । दुबै टिमले खेलको ४५ मिनेटसम्म कुनै गोल गरेका छैनन । पेरुले पेनाल्टी पाएपनि गोल गर्न सकेन् ।
आपसी तालमेल र पास राम्रो देखिएको डेनमार्कले पनि पहिलो हाफको अन्त्यसम्म कुनै गोल गर्न सकेन । दुबै टिमले गोल गर्ने केही राम्रा अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । प्रतिस्पर्धात्मक खेल जारी छ ।

प्रतिक्रिया दिनुहोस