अर्जेन्टिना र आइसल्याण्ड १-१ गोलको बराबरीमा रोकिए, मेस्सीले पेनाल्टीमा पनि गोल गर्न सकेनन्

शनिबार, ०२ असार २०७५, २० : ४६
अर्जेन्टिना र आइसल्याण्ड १-१ गोलको बराबरीमा रोकिए,  मेस्सीले पेनाल्टीमा पनि गोल गर्न सकेनन्

चितवन । जारी विश्वकप समूह ‘डि’ को पहिलो खेलमा अर्जेन्टिना र आइसल्यान्ड १-१ गोलको बराबरीमा रोकिएका छन् ।

खेलको १९ औं मिनेटमा मार्कोस रोहोको पासमा सर्जियो अगुएरोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट नबित्दै आइसल्यान्डका स्ट्राइकर अल्फ्रेड फिन्बोगासनले गोल गरेका थिए ।

खेलको ६४ औं मिनेटमा भने अर्जेन्टिनाले पेनाल्टी पाउंदै खेलमा अग्रता लिने अवसर पाएको थियो । त्यस पेनाल्टीमा कप्तान लियोनल मेस्सीको प्रहारलाई आइसल्यान्डका गोलकिपर हालडोर्सनले रोकेका थिए ।

प्रतिक्रिया दिनुहोस