चितवन । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी ओली आज चितवन आउन लागेका छन्।
कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा कांग्रेस अभियानको समापनका लागि देउवा आज चितवन आउन लागेका हुन्। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा मध्याह्न करिब १२ बजे सहभागी हुने छन्।
आम निर्वाचनको घोषणापछि प्रधानमन्त्री देउवा पहिलो पटक चितवन आउन लागेका हुन्। यही भदौ १० गते देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज समापन हुँदै छ।
एमाले अध्यक्ष ओली भने मातृ शोकमा रहेका एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न चितवन आउन लागेका हुन्। बादलकी आमाको निधन भएको आज छ दिन पुगेको छ।
भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित बादल निवासमा ओली र बादलबीच करिब एक घण्टा भेटघाट हुने एमाले नेतृ पार्वती रावलले जानकारी दिइन्। ओलीको कुनै औपचारिक कार्यक्रम नरहेको उनले बताइन्। ओली ११ बजे भरतपुर विमानस्थलमा आइपुग्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ भदौ २०७९, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा-ओली ट्युनिङ थप सशक्त
एकढिक्का भए यही प्रणालीमा बहुमत ल्याउन सकिन्छ : देउवा
कानुन न्याय तथा मानवअधिकार समितिमा देउवा
सरकारमा सहभागी पार्टीका मन्त्रीहरुसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी
सबै नेपालीबीच एकता र मेलमिलाप आवश्यक : देउवा
गृह जिल्ला पुगेर देउवाले भने-‘तपाईँहरूले भोट दिए ८४ मा पनि चुनाव लड्छु’