काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले राष्ट्रिय सभा रहँदासम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध लगाइएको महाभियोगको प्रस्ताव जीवित रहने बताएका छन् । मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव पुनले संविधानले जनप्रतिनिधि संस्थाको रिक्तताको परिकल्पना नगरेको बताए ।
उनले प्रतिनिधि सभा आवधिक निर्वाचनमा जाँदा जनप्रतिनिधिको भुमिका खेल्ने संसदको काम राष्ट्रिय सभाले गर्ने बताए । उनले प्रधानन्यायाधीश बिरुद्धको महाअभियोगको प्रस्ताव दुवै सदनको दुई तिहाइले पास वा फेल गराउनुपर्ने भएकाले राष्ट्रिय सभा रहेको अवस्थामा महाअभियोग प्रस्ताव पनि जीवित रहने जिकिर गरे ।
उनले भने, ‘हाम्रो व्यवस्था अनुसार जनप्रतिनिधि संस्थाको भ्याकुम छैन । संविधानले दुई सदनात्मक व्यवस्था गरेको छ । प्रतिनिधि सभा आवधिक रुपमा निर्वाचनमा जाँदापनि त्यसले निर्वाचित गरेको कार्यकारी त रहन्छ, दैनिक शासन, प्रशासन सञ्चालन गर्छ । बाँकी जनप्रतिनिधिको भूमिका खेल्ने संसदको काम राष्ट्रिय सभाले गर्छ । संविधानले स्पष्ट रुपले के भन्छ भने प्रतिनिधि सभा नरहेको अवस्थामा प्रतिनिधि सभाको काम राष्ट्रिय सभाले गर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ भदौ २०७९, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'भ्युटावर'वाला विकास मोडलमा गम्भीर त्रुटि छ : वर्षमान पुन
ओलीलाई वर्षमानको प्रश्न- भ्यू टावर बनाउँदा वरपर ५ हजार सुकुम्वासी छन् भन्ने किन बिर्सनुभयो ?
प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु हुनसक्छ : वर्षमान पुन
माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता हुन्छ : वर्षमान पुन
वर्तमान व्यवस्थाको हकदार माओवादी हो: उपमहासचिव वर्षमान पुन
ओलीबाट तेस्रो पटक धोका खाने पक्षमा छैनौँ : वर्षमान पुन